चीन र अमेरिकाबीचको सुरक्षा बैठक स्थगित

 असोज १५, २०७५ सोमबार १५:४१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

चीनले अमेरिकासँगको सुरक्षा बैठक स्थागित गरेको छ ।

अमेरिकाका रक्षा सचिव जिम म्याटिससँगको बैठक चीनले स्थगित गरेको हो । बैठक अक्टोबरमा बस्ने जनाइएको थियो । अमेरिकी अधिकारीहरुले चीनले बैठक स्थगित गरेको जनाएका छन् । चीनका अधिकारीहरुका अनुसार दुई देशको बैठक कहिले बस्छ भन्ने कुनै निश्चित समय निर्धारण भएको छैन् ।

हातहतियारको व्यापार र साउथ चाइना सीको विषयमा बस्ने भनेको बैठक अनिश्चित भएको हो । चीन र अमेरिकाबीचको व्यापार युद्ध पनि अहिले सबैभन्दा ठूलो चुनौति बनेको अधिकारहिरुले बताएका छन् ।

दुवै देशले एक–अर्काका आयातित समानको मूल्य बढाएका कारण दुवै देशको व्यापार युद्ध अहिलेसम्मकै नराम्रो अवस्थामा पुगेको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया