कैलालीमा बस दुर्घटना : एकजनाको ज्यान गयो

 असोज १५, २०७५ सोमबार १५:४८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली – धनगढीबाट हसुलियातर्फ जाँदै गरेको यात्रुवाहाक बस दुर्घटना हुँदा सोमबार एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा गौरिगंगा नगरपालिका ४ कि इश्वरी विनाडीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरि वलीले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका विनाडीको उपचारका लागि अस्पताल पु¥याउनु अघि नै ज्यान गएको पद्मा अस्पतालले जनाएको छ ।

दुर्घटनामा १० जना घाइते भएका छन् । उनीहरुको अत्तरियमा रहेको पद्मा अस्पतालमा उपचार भइरहेको छ । अहिले उनीहरु खतरामुक्त रहेका छन् । चालक फरार रहेको प्रहरीले बताएको छ ।

से १ ख १०२५ नम्बरको बस सोमबार दिउँसो गोदावरी नगरपालिकाको वल्मिमा दुर्घटना भएको हो । तीव्र गतिमा जाँदै गरेको बस अनियन्त्रित भई दुर्घटना भएको हो । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया