विश्व महिला बक्सिङ छनोट प्रतियोगिता : मिनु गुरुङ र विमला श्रेष्ठ फाइनलमा

 असोज १५, २०७५ सोमबार १८:२४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – विश्व महिला बक्सिङ प्रतियोगिताका लागि जारी छनोट प्रतियोगिता अन्तर्गत महिला ५१ केजी तौल समूहको फाइनलमा मिनु गुरुङ र विमला श्रेष्ठ फाइनलमा पुगेका छन् ।

भारतको नयाँ दिल्लीमा आउँदो कात्तिक २९ गतेदेखि हुने प्रतियोगिताका लागि खेलाडी छनोट गर्नका लागि नेपाल बक्सिङ संघले प्रतियोगिता सञ्चालन गरेको हो । प्रतियोगिताको सेमिफाइनलमा एपीएफकी मिनुले मकवानपुरकी सन्जुमाया थिङलाई अंकका आधारमा हराइन् ।

एकपक्षिय खेलमा मिनु ५–० ले विजयी भएकी थिइन् । अर्को सेमिफाइनलमा त्रिभूवन आर्मी क्लबकी विमला श्रेष्ठले एपीएफकी नन्जा बुढामगरलाई अंककै आधारमा हराइन् । उनले ५–० को जित हात पारेकी थिइन् ।

विश्व महिला बक्सिङ प्रतियोगितामा नेपालबाट दुईवटा तौल समूहमा खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । ५१ र ६० केजी मुनिमा एक एकजना खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् । 

६० केजीमा सहभागिता जनाउनका लागि आर्मीकी पुनम रावल र एपीएफकी संगीता सुनारबीच प्रतिष्पर्धा हुनेछ 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया