बलात्कारको प्रयास गर्ने युवा कारागार चलान

 असोज १५, २०७५ सोमबार १९:१४:० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

खोटाङ – ११ वर्षिया बालिकालाई जबरजस्ती बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका एक युवा कारागार चलान भएका छन् ।

खोटेहाङ गाउँपालिका–४, वडकादियाले घर भएका ३५ वर्षका रामकुमार भुजेल पुर्पक्षका लागि कारागार चलान भएका हुन् । छिमेकी बालिकालाई साँझको समयमा गएको भदौ २२ गते बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका भुजेललाई जिल्ला अदालतका न्यायाधीश किशोर घिमिरेको एकल इजालासले पुर्पक्षका लागि सोमबार कारागार चलान गरेको प्रहरीले जनाएको छ । 

भुजेलले बालिकालाई बलात्कार प्रयास गरिरहेको समयमा स्थानीयले देखेपछि इलाका प्रहरी कार्यालय खोटाङ बजारलाई आफन्तले  जानकारी गराएका थिए । भुजेललाई भदौ २३ गते इलाका प्रहरी कार्यालय खोटाङ बजारले नियन्त्रणमा लिएको थियो ।

बलात्कारको प्रयासमा परेकी बालिका र आफन्तले भदौ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका प्रहरीले जनाएको छ । उजुरी दर्ता भएसँगै भुजलेलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएकोे थियो । 
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया