आफ्नै छोरी बलात्कार गर्ने बावुविरुद्ध जबरजस्ती करणी मुद्दा

 असोज १५, २०७५ सोमबार १९:१९:४५ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा– आफ्नै छोरी बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी जबरजस्ती करणी मुद्दा दर्ता गरेको छ ।

१३ वर्षीया छोरीलाई बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरी मुद्दा चलाइएको हो । १३ वर्षीय छोरीलाई गएको शुक्रबार बलात्कार गरेर फरार रहेका बाबुलाई शनिबार पक्राउ गरी सोमबार मुद्दा चलाइएको प्रहरीले जनाएको छ । बालिकाले बाबुबाट पटक पटक बलात्कार भएको गुनासो गरेपछि छिमेकीले प्रहरीलाई उजुरी गरेका थिए । 

घरबाट भागेका आरोपितलाई प्रहरीले हिरासतमा राखेर अनुसान्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले बताउनुभयो । अनुसन्धान भइरहेकाले थप विवरण अनुसन्धानपछि खुल्ने उहाँको भनाइ छ । 


 

अन्तिम अपडेट: चैत २८, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया