आधी आवादी महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

 असोज १५, २०७५ सोमबार १९:४१:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - काठमाडौंमा जारी आधी आवादी महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

सेमिफाइनलमा चितवन टाइग्रेसले नेपाल पुलिस क्लबसँग तथा एपीएफले न्यू डायमण्ड क्लबसँग खेल्ने तय भएको छ ।

प्रतियोगितामा सहभागी ६ टिममध्ये पोखरा पिंकेज र त्रिभूवन आर्मी क्लब भने बाहिरिएका छन् ।

प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा चितवन टाइग्रेसले न्यू डायमण्डलाई ३–१ को प्रतिष्पर्धात्मक सेटमा हराएको छ । पहिलो सेट २५–१९ ले गुमाएको न्यु डायमण्डले दोस्रो सेट भने २७–२९ ले जितेको थियो ।

तेस्रो सेट चितवनले २५–१९ ले जितेपछि पुनः अग्रता लियो । चौथो सेटमा चितवनलाई कडा टक्कर दिँदै न्यू डायमण्डले २६ अंकसम्म पुर्‍याएको थियो । तर चितवन २८–२६ ले विजयी हुँदै समूह एको विजेता बन्न सफल भयो ।

न्यू डायमण्ड भने समूहको उपविजेता बन्यो । अब न्यू डायमण्डले समूह बीको विजेता एपीएफसँग खेल्नेछ । एपीएफले पोखरा पिंकेजलाई ३–० कै सोझो सेटमा हरायो । पहिलो सेटमा २५–१३ को जित निकालेको एपीएफले पछिल्लो दुई सेट २५–११ र २५–१५ ले जित्यो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया