जाजरकाेटमा अरिङ्गालले टोकेर एकजनाकाे मृत्यु

 असोज १६, २०७५ मंगलबार ६:४७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

जाजरकाेट – भेरी नगरपालिका जगातिपुरमा अरिङ्गालले टोक्दा साेमबार एकजनाकाे ज्यान गएकाे छ । अरिङ्गालले टोकेर  भेरी नगरपालिका –१२ धारापानी निवासी ३६ वर्षीय तिलक विकको ज्यान गएकाे हाे । 

स्थानीय थर्पुडाँडा प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका विकको उपचारका अभावमा मृत्यु भएको हो । 

स्थानीयका अनुसार बिसोने डाँडा भन्ने ठाउँमा शनिबार राति अरिङ्गालको गोलो झार्न गएका बेला अरिङ्गालले टाेकेकाे थियो । अन्य साथी भागेर ज्यान जोगाए पनि भाग्न नसक्दा उहाँमाथि अरिङ्गाल खनिएर टोकेका थिए । 

गम्भीर बिरामी परेका उहाँलाई उपचारका लागि रुकुमको चौरजहारी अस्पताल लगिएको थियो । यो अस्पतालमा उपचार सम्भव नभएको भन्दै नेपालगञ्ज पठाउँदा बाटोमै मृत्यु भएको स्थानीय ज्ञानीप्रसाद शर्माले उज्यालोलाई जानकारी दिनुभयो  ।

याे बेला अरिङ्गालले गोलामा बच्चा कोरल्ने गर्दछ । त्यही बच्चा अरिङ्गाल खान राति गोलोमा आगोले पोल्ने प्रचलन गाउँघरमा अझै कायमै छ । 
 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया