आफन्तको दाहसंस्कार गरेर फर्कँदा जीप दुर्घटना : १३ जना घाइते, ५ जनाको अवस्था गम्भीर

 असोज १६, २०७५ मंगलबार ७:०:२९ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – जिल्लाको शितगंगा नगरपालिका–२ सितापुरको फलाचौर मोडमा जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । 

मालारानी गाँउपालिका ६ हंशपुर काफलठुटाबाट नवलपरासी त्रिवेणीमा आफन्तको दाहसंस्कार गरि फर्कने क्रममा फलाचौर मोडमा लु १ ज २३६९ नम्बरको जीप दुर्घटना भएको थियो । घाइते सबैलाइ प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि बुटवल पठाउने तयारी भैरहेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक कमल परियारले बताउनु भयो ।  

मालारानी ६ काफलठुटाका अन्दाजी ८८ वर्षका ज्ञानधर पुनको निधन पछि अन्तिम दाहसंस्कारको निम्ती नवलपरासी त्रिवेणी पुगेर फर्कंदा बिहान ४ बजे जीप दुर्घटना भएको थियो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया