थानकोट–पिपलामोड सडकमा राति गाडी चलाउन रोक

 असोज १६, २०७५ मंगलबार ७:३४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – काठमाडौँ आउजाउ गर्ने मुख्य नाका थानकोट–पिपलामोड सडक खण्डमा रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ । 

सडक डिभिजन कार्यालय काठमाडौंले यो सडक खण्ड मर्मतको काम सुरु भएकाले असोज २२ गतेसम्म राति ८ बजेदेखि बिहान ५ बजेसम्म यात्रु र मालवाहक गाडी सञ्चालनमा रोक लगाइएको हो । सोमबारदेखि रातिको समयमा गाडी रोकेर मर्मत थालिएको छ ।

खाल्डाखुल्डी र धुवाँ धुलोले हैरान भएको भन्दै स्थानीय बासिन्दाले गुनासो गरेपछि सडक डिभिजन कार्यालयले रातिको समयमा गाडी बन्द गरेर मर्मतसम्भारको काम सुरु गरेको हो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया