बोल्ड अवतारमा खुशी, सामाजिक सञ्जालमा भाइरल बन्यो तस्बिर

 असोज १६, २०७५ मंगलबार ८:९:४९ | उज्यालो सहकर्मी

अभिनेत्री श्रीदेवी र बोनी कपूरकी कान्छी छोरी खुशी कपूरको एक तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भाइरल भइरहेको तस्बिरमा खुशी निकै स्टाइलिस र बोल्ड अवतारमा देखिएकी छिन् । 

यो तस्बिर सार्वजनिक भएसँगै खुशी अहिले उनको सुन्दताका कारण चर्चामा छाइरहेकी छिन् । उनको सुन्दरता र स्टाइलको सबैले प्रशंशा गरिरहेका छन् भने उनी अब छिट्टै नै बलिउडमा डेब्यूको तयारीमा रहेको चर्चा पनि भइरहेको छ । 

यस अघि खुशीकी दिदी अभिनेत्री जान्हवी कपूरले फिल्म ‘धडक’ मार्फत बलिउड डेब्यू गरेर दर्शकको मन जित्न सफल भइसकेकी छिन् । आमा श्रीदेवीको अचानक भएको निधन पश्चात खुशी र जान्हवी एकअर्कालाई साथ र हौसला दिँदै आइरहेका छन् ।

जान्हवीको पहिलो फिल्म ‘धडक’ को प्रिमियरमा पनि खुशी र जान्हवी आमा श्रीदेवीलाई सम्झेर मिडियाकै अगाडी निकै रोएका थिए । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया