मलेसियन रिंगिट, दिर्हाम र दिनार लगायतका विदेशी मुद्राको भाउ बढ्यो

 असोज १६, २०७५ मंगलबार १०:१०:१५ | उज्यालो सहकर्मी

काठमाडौं – मंगलबार सोमबारको तुलनामा रियाल, दिर्हाम, दिनार र रिंगिटको भाउ केही पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रिदर ३१ रुपैयाँ १९ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९५ र बिक्रिदर ३२ रुपैयाँ १२ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ६८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ८४ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ११ पैसा र बिक्रिदर २८ रुपैयाँ २५ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४७ र बिक्रिदर १० रुपैयाँ ५२ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८३ रुपैयाँ ६० पैसा छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ ५७ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ८ रुपैयाँ ६६ पैसा र बिक्रिदर ३ सय १० रुपैयाँ २५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया