पीएम कप क्रिकेट : पुलिस, आर्मी, एपीएफ र प्रदेश ५ सेमीफाइनल प्रवेश

 जेठ २३, २०७५ बुधबार १८:१५:२९ | उज्यालो सहकर्मी

काडमाडौं – एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल मा पुग्ने ४ टिमको टुंगो लागेको छ ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी प्रतियोगितामा तीन बिभागीय टोलीहरु त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिससहित प्रदेश नम्बर ५ ले सेमिफाइनलमा स्थान बनाएका छन् ।
 
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा प्रदेश ५ लाई ७ विकेटले हराउँदै नेपाल पुलिस समूह बीको विजेताका रुपमा सेमिफाइनलमा पुग्यो । नेपाल पुलिस क्लबसँग पराजय भोगपनिे प्रदेश ५ पनि सेमिफाइनलमा पुगेको छ ।
 
समूह ए बाट आर्मी र एपीएफ क्रमसः समूह विजेता र उपविजेता हुँदै यसअघिनै सेमिफाइनलमा पुगिसकेका छन् ।
 
शुक्रबारदेखि सुरु हुने सेमिफाइनल खेलहरुमा समूह ए को विजेता आर्मीले समूह बीको उपविजेता प्रदेश नम्बर ५ सँग तथा समूह ए को उपविजेता एपीएफले समूह बीको विजेता नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछन् ।
 
बुधबार त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नम्बर ५ ले ८ विकेट गुमाउँदै २०० रन बनाएको थियो । प्रदेश नम्बर ५ का लागि शंकर रानाले ४४, शौरभ खनालले ४२, राजबीर सिंहले २१ र सन्दीप सुनारले २० रन बनाए । त्यस्तै कृष्ण कार्कीले २६ रन बनाए ।
 
बलिङतर्फ पुलिसका ललित राजवंशीले २ विकेट लिए ।


 
२०१ रनको लक्ष्य पुलिसले दिपेन्द्र सिंह ऐरीको अविजित अर्धशतकको सहयोगमा ४४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

सुस्त सुरुआत गरेको पुलिसका ऐरी र आरिफ शेखले चौथो विकेटका लागि १०४ रनको अविजित शतकीय साझेदारी गरेपछि सहज जित हासिल गरेको हो । ऐरीले ५३ बलमा ३ छक्का र २ चौकाको सहयोगमा ५८ रन बनाए भने शेखले ५१ बलमा ३ छक्का र २ चौकाको सहयोगमा अविजित ४५ रन जोडे ।
 
यसअघि ओपनरहरु सुनील धमला र अमित श्रेष्ठले क्रमसः ३६ र ३० रन जोडेर आउट भएका थिए । त्यस्तै दिलिप नाथले पनि २४ रनको पारी खेले ।
 
बलिङतर्फ प्रदेश ५ का सन्दिप सुनारले २ तथा लाल अधिकारीले १ विकेट लिए । दिपेन्द्र सिंह ऐरी खेलको म्याच अफ द म्याच चुनिए ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया