चितवन टाइग्रेस एभीएल महिला भलिबलको फाइनलमा

 असोज १६, २०७५ मंगलबार १५:५४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – चितवन टाइग्रेस आधी आवादी एभीएल महिला भलिबलको फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरमा रहेको राखेपको कभर्डहलमा मंगलबार भएको सेमिफाइनलमा विभागीय टिम नेपाली पुलिस क्लबलाई ३–० ले पछि पार्दै चितवनले फाइनलमा स्थान बनाएको हो । चितवनले अब उपाधिका लागि एपीएफ र न्यूडायमण्डको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।

मंगलबार भएको सेमिफाइनलमा चितवन टाइग्रेसले पहिलो सेट २५–११ ले सहजै आफ्नो पक्षमा पारेको थियो । त्यसैगरी दोस्रो सेट २५–१४ ले जित्दा तेस्रो सेटमा भने बढी नै प्रतिस्पर्धा भएको थियो । जसमा चितवनले २५–२३ ले आफ्नो पक्षमा पार्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया