डोटीमा ७४ वर्षीया वृद्ध महिला बलात्कृत

 असोज १६, २०७५ मंगलबार १७:२०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी – डोटीको बडिकेदार गाउँपालिका बस्ने ७४ वर्षीया वृद्धा महिला बलात्कृत भएकी छिन् ।

बडिकेदार गाउँपालिका वडा नम्बर ३ अन्तरगत सुनालेक मेहेली ग्रामिण सडक खण्डमा हिँड्दै गरेकी ७४ वर्षीय वृद्धि महिला बलत्कृत भएकी हुन् । महिला बाटोमा एक्लै हिँडिरहेको मौका छोपी बोगटान गाउँपालिका वडा नम्बर १ बस्ने २२ वर्षका गणेश भन्ने एकेन्द्रबहादुर धामीले सोमबार बलात्कार गरेको भन्ने उजुरी परेको प्रहरीले जनाएको छ । 

वृद्ध महिलाले गुहार माग्दा गाउँलेहरुले बलात्कार गर्नेलाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार धामीमाथि अनुसन्धान भइरहेको छ । धामीमाथि जबरजस्ती करणी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक धुब्रबहादुर विष्टले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया