मोबाइलमा फोटो देखाउने बहानामा भतिजले गरे काकीको बलात्कार

 असोज १६, २०७५ मंगलबार १८:२१:४७ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथरमा आफ्नै काकीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

फिदिम नगरपालिका–१२, का २६ वर्षका काकीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय सुमन केरुङ पक्राउ परेको प्रहरीले जनाएको छ । गएको शनिबार रातको समयमा काकीको कोठामा गएर मोबाइलको फोटो देखाउने बहाना गर्दै काकीलाई जवरजस्ती करणी गरेर ती युवक फरार भएको पाँचथर प्रहरीले जनाएको छ । 

पीडितको उजुरीको आधारमा खोजी गर्दा युवकलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । पक्राउ परेका युवकमाथि जवरजस्ती करणी मुद्धा अन्तर्गत जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायव निरीक्षक विष्णु खड्काले बताउनुभयो ।

पाँचथरमा साउनयता मात्र ४ ओटा बलात्कारका घटना सार्वजनिक भएका छन् ।

अन्तिम अपडेट: चैत १२, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • Surya Bahadur

    Nov. 8, 2019, 10:40 a.m.

    काकी त आमा जस्तै हो नि /

  •  1 Reply

तपाईको प्रतिक्रिया