च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
ओखलढुंगा – ओखलढुंगामा एक जना प्रहरी हबल्दारको खुकुरी प्रहारबाट एक महिला गम्भीर घाइते हुनुभएको छ ।
नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार ३४ वर्षका अमरसिं राईको खुकुरी प्रहारबाट मानेभन्ज्याङ्ग गाउँपालिका– ३, उँबुकी २३ वर्षीया शर्मिला राई घाइते हुनुभएको हो । घर बिदामा आएको समयमा अमरले सालाकी श्रीमती शर्मिलालाई खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । राईले बुधबार बिहान शर्मिलालाई खुकुरी प्रहार गरी ज्यान लिने प्रयास गरेका थिए ।
खुकुरी प्रहारबाट शर्मिला गम्भीर घाइते हुनुभएको छ । घाइतेको सामुदायिक अस्पताल ओखलढुंगामा उपचार भइरहेको छ । शर्मिलाको टाउकोमा तीन ठाउँ र दुवै हातको नाडी र औँलामा गहिरो चोट लागको प्रत्यक्षदर्शी स्थानीय भूपेन्द्रबहादुर राईले जानकारी दिनुभयो ।
घटनाबारे प्रहरीले राईलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो । खुकुरी प्रहार गर्ने प्रहरी हबल्दार राई मोरङ्ग कानेपोखरीमा प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार हुन् ।