व्यापारीसँग घुस लिँदै गरेका प्रहरी हवल्दार रंगेहात पक्राउ

 असोज १६, २०७५ मंगलबार १९:५८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

सर्लाही – भारतबाट समान ल्याउने व्यापारीसँग ३० हजार घुस लिँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी हवल्दार नुरुल होदा अन्सारीलाई  अख्तियार अनुसन्धान आयोग बर्दिबासको टोलीले मंगलबार पक्राउ गरेको छ।

अन्सारीलाई घुस लिँदै गर्दा  मलंगवा वडा नम्बर–१० टावर चोकबाट रंगेहात पक्राउ गरेको अख्तियारले जानकारी दिएको छ । पक्राउ परेका अन्सारीलाई थप अनुसन्धानको लागि आयोगको इकार्इ कार्यालय बर्दिबास लगिएको छ ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया