प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
बंगबन्धु गोल्डकपको पहिलो खेलमा गत संस्करणको विजेता नेपालले ताजिकिस्तानसँग २–० गोल अन्तरले पराजय व्यहोरेको छ ।
बंगलादेशको सिलेट डिस्ट्रिक्ट रंगशालामा भएकाे खेलको २७औँ मिनेटमा नेपालको पेनाल्टी बक्समा अनन्त तामाङले ताजिकिस्तानका जर्सी नम्बर १० का खेलाडीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
ताजिकिस्तानका कप्तान जर्सी नम्बर १८ का खेलाडी फाथ्खुल्लो फाथुएल्लोभले पेनाल्टीलाई गोलमा परिणत गर्दै नेपालविरुद्ध एक–शून्यको अग्रता बनाएका थिए ।
दोस्रो हाफको ६८ औँ मिनेटमा ताजिकिस्तानका जर्सी नम्बर ९ का खेलाडी टुरीनोभ कोमरोनले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
नेपालले पटक-पटक अाक्रमणकाे प्रयास गरे पनि गोल भने गर्न सकेन ।
नेपालले अाउँदाे शनिबार प्यालेस्टाइनसँग खेल्नेछ ।
अाजै भएकाे पहिलाे खेलमा अायाेजक राष्ट्र बंगलादेशले लाअाेसलाई एक-शून्यले हराउँदै विजयी सुरुवात गरेकाे छ ।
तस्बिर - बंगलादेश फुटबल संघ