यस्तो छ ‘छक्का पञ्जा ३’ को दसैं गीत

 असोज १६, २०७५ मंगलबार २०:२८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – चलचित्र ‘छक्का पञ्जा ३’ युनिटले चलचित्र प्रमोसनका निम्ति तयार गरेको प्यारोडी गीत हो यो ।

यति बेला सर्वाधिक चर्चामा रहेको चलचित्र हो ‘छक्का पञ्जा ३’ । छक्का पञ्जा ३ ले विभिन्न शैली अपनाएर चलचित्रको प्रचार प्रसार गरिरहेको छ । चलचित्र युनिटले प्रचारात्मक शैलीमा प्यारोडी गीत रिलिज गरेको छ । ‘छक्का पञ्जा ३’ मा समावेश भएको ‘पहिलो नम्बरमा’ बोलको गीतको संगीतमै यो गीत तयार पारिएको हो ।

गीतलाई वृद्धदेखि बालकसम्मले रुचाउने शैलीका निर्माण गरिएको छ । गीतको स्थायी भागमा ‘पहिलो नम्बरमा’का गायक डेबिड शंकरकै स्वर रहेको छ भने संगीत दीपक शर्माले गरेका हुन् । दीपक राजगिरी, दिपाश्री निरौला, केदार घिमिरे र जितु नेपालले उक्त गीतमा निकै आर्कषक ढंगबाट र्याप हानेका छन् । 

‘यसअघि दर्शकका निम्ति रमाइला चलचित्र दिएर हँसाएका थियौँ, ‘छक्का पञ्जा ३’ ले भने रमाइलोसँगै सन्देश समेत दिएको छ’, चलचित्रकी निर्देशक दिपाश्री निरौलाले बताइन् । चलचित्रले नयाँ सन्देश दिने उनको भनाई थियो ।

रिलिज डेट नजिकिँदै जाँदा आफूहरु दर्शकको माया पाउनेमा विश्वस्त रहेको चलचित्रका निर्माता तथा कलाकार दिपकराज गिरीले बताए । ‘हाम्रा निम्ति दर्शक भगवान हुन्, र दर्शककै निम्ति हामीले मेहेनत गरेका छौं’, दिपकको भनाई थियो ।

चलचित्र घटस्थापनाका दिन अर्थाता असोज २४ गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा छ । यसअघिका चलचित्रबाट पाएको सफलताले चलचित्र युनिट उत्साहित छ । ‘दर्शकले हामीलाई विश्वास गरेका छन् र चलचित्र ‘छक्का पञ्जा ३’ ले त्यो विश्वासलाई अझ बलियो बनाउने छ’, चलचित्रका कार्यकारी निमार्ता केदार घिमिरेको भने ।

अर्का कार्यकारी निर्माता जितु नेपाल भन्छन्, ‘कन्टेन्ट, कमेडी, अभिनयलगायत सबै कुरालाई मध्यनजर गरेर चलचित्र निर्माण गरेका छौं ।’ चलचित्र ‘छक्का पञ्जा ३’ लाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन् । चलचित्रमा दिपकराज गीरी, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसार्इँ, बुद्धि तामाङ, विल्सन विक्रम राईलगायतका कलाकारहरुको बेजोड अभिनय देख्न सकिन्छ ।

चलचित्रमा प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, सन्जोग कोइरालालगायतका कलाकारहरुको समेत विशेष अभिनय रहेको छ । चलचित्रमा समावेश २ वटा गीतहरु यति बेला निकै चर्चामा छन् । चलचित्रको पहिलो गीत ‘पहिलो नम्बरमा’ ले छोटो समयमा नै युटुबमा १ करोड भ्यू कटाएको थियो ।


 

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया