सर्वाधिक कमाउने खेलाडीको सूचीमा मेस्सीले रोनाल्डोलाई पछि पारे

 जेठ २३, २०७५ बुधबार १९:१२:३७ | एजेन्सी

सन् २०१८ को सबैभन्दा धेरै कमाउने खेलाडीको सूचीमा बार्सिलोनाका अर्जेन्टाइन स्टार लियोनल मेस्सीले प्रतिद्वन्द्वी क्रिष्टियानो रोनाल्डोलाई पछि पारेका छन् ।

अमेरिकाबाट प्रकाशित हुने फोर्ब्स म्यागाजिनले आज सार्वजनिक गरेको रिपोर्ट अनुसार मेस्सीको यो बर्षको आम्दानी एघार करोड अमेरिकी डलर छ । यस अघिको दुई वर्ष धेरै कमाउने खेलाडीको शीर्ष स्थानमा रहेका रोनाल्डोको कमाइ भने १० करोड ८० लाख डलर छ ।

लियोनल मेस्सी धेरै कमाउने खेलाडीमा दोस्रो स्थान र रोनाल्डो तेस्रो स्थानमा रहँदा शीर्ष स्थानमा अमेरिकी बक्सर फ्लोइड मेवेदर छन् ।
यस वर्ष मिक्स मार्सल आर्टसका सुपरस्टार कोनोर म्याकग्रेगरसँगको फाइटमा जित हासिल गरेपछि उनको आम्दानी ह्वात्तै बढेर २८ करोड ५० लाख डलर पुगेको हो  ।

यसअघि सन् २०१५ मा पनि उनी फोर्ब्सको सूचिमा शीर्ष स्थानमा थिए । नौ करोड ९० लाख डलर कमाएका कोनोर म्याकग्रेगर चौथो स्थानमा छन् ।

ब्राजिलियन स्टार नेइमार पहिलो पटक शीर्ष १० भित्र पर्न सफल भएका छन् । गत सिजन बार्सिलोनाबाट कीर्तिमानी मूल्यमा पीएसजी गएका नेइमारको आम्दानी उल्लेख्य रुपमा बढेको छ । ६ करोड ७३ लाख डलर कमाएका नेइमार पाँचौं स्थानमा छन् । अमेरिकी बास्केटबल खेलाडी लिब्रन जेम्स छैटौं स्थानमा छन् भने टेनिस स्टार रोजर फेडेरर सातौं स्थानमा छन् ।

खेलमा खासै सफल नभए पनि विज्ञापनबाट उनले धेरै कमाएका छन् । खेलबाट १ करोड २२ लाख डलर कमाएका फेडररले विज्ञापनबाट यो वर्ष ६ करोड ५० लाख हात पारे ।

भारतीय क्रिकेट कप्तान विराट कोहली यो सूचीको ८३औं स्थानमा छन् । उनले तलबबाट ४० लाख तथा विज्ञापनबाट २ करोड कमाएका छन् ।पछिल्लो आठ वर्षमा पहिलो पटक महिला खेलाडी शीर्ष १०० भित्र पर्न सकेनन् । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया