‘मनिकर्णिका : द क्वीन अफ झाँसी’ को टीजरमा यस्तो देखियो कंगनाको रुप

 असोज १७, २०७५ बुधबार ६:४७:३२ | उज्यालो सहकर्मी

छायाँकंनको समयदेखि नै चर्चामा रहेको फिल्म ‘मणिकर्निका’ को टीजर सार्वजनिक भएको छ । टीजरको सुरुवात अमिताभ बच्चनको दमदार आवाजले गरिएको छ । फिल्ममा झाँसीकी रानीको भूमिकामा अभिनेत्री कंगना रनावत एक निडर र साहसी अवतारमा देखिएकी छिन् ।

यस टिजरमा कंगना झाँसीकी रानीको अवतारमा युद्ध मैदानमा दुश्मनहरुका साथ लडिरहेकी देखिन्छिन् । उनी आफ्ना नाबालक छोरालाई साथमै लिएर आफ्नो देश बचाउन अंग्रेजहरुका विरुद्ध लडाइमा होमिएकी छिन् । यो टिजर धमाकेदार एक्शनले भरपुर हुनुका साथै अमिताभ बच्चनको आवाजले झाँसीकी रानीको वर्णन र व्याख्या गरेर थप दमदार बनाएका छन् । 

टीजर हेर्दा प्रष्ट हुन्छ की कंगना रनावतले यस फिल्मका लागि निकै मेहनत गरेकी छिन् । ‘मणिकर्निका’ को निर्देशन राधा कृष्ण जगारलामुण्डीले गरेका छन् । तर पछिल्लो ४५ दिनको निर्देशनको काम कंगना आफैले गरेकी हुन् । तर कंगनाले फिल्म निर्देशनको क्रेडिट भने नलिने निर्णय गरेकी छिन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया