१६ न्यायाधीशले लिए पद तथा गोपनियताको सपथ

 जेठ २३, २०७५ बुधबार १९:१६:३९ | उज्यालो सहकर्मी

काठमाडौं – नवनियुक्त १६ जना जिल्ला न्यायाधीशहरुले बुधबार पद तथा गोपनियताको सपथ लिएका छन ।

मंगलबार कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले नियुक्त गर्नु भएका १६ जना जिल्ला न्यायाधीशहरुले बुधबार सर्वोच्च अदालतमा एक समारोहकाबीच पद तथा गोपनियताको सपथ लिएका हुन ।

पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाशकुमार ढंगानाले न्यायाधिशहरुलाई सपथ गराउनु भएको थियो । संविधानको धारा १४९ को उपधारा २ मा व्यवस्था भएबमोजिम परीक्षा प्रणालीबाट नियुक्त गरिएका जिल्ला न्यायाधिशहरुलाई कायममुकायम प्रधानन्यायाधीश जोशीको उपस्थितिमा पाटन उच्च अदालतका मुख्य न्यायाधीश ढुंगानाले सपथ खुवाउनु भएको सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्रकुमार कालाखेतीले जानकारी दिनुभयो ।

परीक्षा प्रणालीबाट उतीर्ण भई जिल्ला न्यायाधीश बन्नेहरुमा कुलप्रसाद पाण्डे, नन्दकिशोरप्रसाद यादव, कमल पौडेल, सुमनकुमार न्यौपाने, प्रमेश पोखरेल, इश्वरीप्रसाद भण्डारी, रामप्रसाद बस्याल, तेजबहादुर खड्का, सन्तोषप्रसाद पराजुली, केदारनाथ पौडेल रहनु भएको छ ।

त्यसैगरी आत्मदेव जोशी, मनोज श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, दीलिपराज पन्त, विश्वनाथ भट्टराई र रोमनाथ अधिकारी पनि जिल्ला न्यायाधीशमा नियुक्त हुनु भएको छ ।
परीक्षा प्रणालीबाट उतीर्ण गरेकाहरुलाई न्याय परिषदको सिफारिसमा प्रधानन्यायाधीशले जिल्ला न्यायाधिशहरुलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

सपथग्रहण समारोहमा कायममुकायम प्रधानन्यााधीश जोशी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङलगायतको उपस्थिति रहेको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया