प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
काठमाडौं – सुनको भाउ आज तोलामा ९ सय रुपैयाँ बढेको छ । सुन आज तोलाको ५९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार तोलामा ३ सय रुपैयाँ बढेर ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार ९ सय रुपैयाँ बढेको हो ।
यस्तै चाँदी बुधबार तोलामा १५ रुपैयाँ बढेर ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ बढेको तथा डलर महंगो र भारतीय मुद्रा कमजोर भएका कारण सुनचाँदीको भाउ महंगो भएको महासंघले जनाएको छ ।