गाजामा राहत सामग्री पुर्याउनका लागि अनुमति दिन इजरायललाई र...
चैत १६, २०८० शुक्रबार
बझाङ – बझाङमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।
भाँडे बजारबाट ब्यासीतर्फ जाँदै गरेको से १ ज ८३७ नम्बरको जीप दुर्घटना हुँदा छविसपाथीभरा गाउँपालिका –४, डाँडाँगाँउका ४५ वर्षीय वीरेन्द्रबहादुर सिंह र उहाँकी श्रीमती ३८ वर्षीया जलादेवी सिंहकाे ज्यान गएकाे हाे ।
८ जना यात्रु बोकेको जीप छविसपाथीभरा गाँउपालिका–४, को भेटाखानमा दुर्घटना भएको हो । दुर्घटनामा परि ६ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेतमा ल्याउने काम भइरहेको छ ।