चलचित्र ‘छिरिङ’ हेर्न गगन थापा हलमा

 असोज १७, २०७५ बुधबार १६:३६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – गएको शुक्रबारबाट प्रदर्शनमा आएका चलचित्रहरु हुन् ‘अनुराग’, ‘कथा काठमाडौं’ र ‘छिरिङ’ । 

प्रदर्शनको पाचौँ दिनमा चलचित्र ‘छिरिङ’ युनिटले भीआईपी शोको आयोजना गरेको छ । राइजिङमलको क्यूज चलचित्र भवनमा आयोजना गरिएको भीआईपी शोमा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाको समेत उपस्थिति रहेको थियो ।

गगनसँगै हास्यकलाकार सिताराम कट्टेल तथा उनकी श्रीमती कुञ्जना घिमिरे गायक तथा संगीतकार दीप श्रेष्ठ, न्ह्यू बज्राचार्यलगायतका कलाकारहरुले चलचित्र हेरेर सकारात्मक टिप्पणी दिएका दिएका थिए । चलचित्र प्रदर्शनको अघिल्लो दिन चलचित्र युनिटले प्रिमियर शोको आयोजना गरेको थियो । प्रिमियर शोमा पनि चलचित्र छक्का पञ्जा ३ की निर्देशक दीपाश्री निरौला, कलाकार जितु नेपाल, शिवहरि पौडेल, यमन श्रेष्ठ, गायक राजेश पायल राई लगायतले चलचित्र हेरेर सकारात्मक टिप्पणी दिएका थिए । 

चलचित्रले आफ्नै पतिलाई चिन्न नसक्दा युवतीले भोग्नु परेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्वलाई चलचित्रले कथाका रुपमा प्रस्तुत गरेको छ । चलचित्रको निर्देशन गायक एवं अभिनेता यश कुमारले गरेका हुन् ।

चलचित्रमा यश कुमार, निमा रुम्बा, कामना भुजेललगायतका कलाकारको अभिनय देख्न सकिन्छ । चलचित्रको निर्माण सुनिल माथेमा प्रधान,आईबी दर्नाल र नवीन बुढाथोकीले गरेका हुन् । चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ ।

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया