बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघ मृत अवस्थामा फेला

 असोज १७, २०७५ बुधबार १७:२:२९ | भावुक योगी

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा एउटा पाटेबाघ मृत अवस्थामा फेला परेको छ । 

पूर्व–पश्चिम राजमार्गको निकुञ्जभित्र पर्ने चिसापानी पोष्ट नजिक बुधबार दिउँसो पाटेबाघ मृत अवस्थामा फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत बद्री विनोद दाहालले जानकारी दिनुभयो ।

निकुञ्जभित्र राजमार्ग किनारमा गन्द आएपछि खोजी गर्दै जाँदा राजमार्गदेखि झण्डै ७ सय मिटरभित्र अन्दाजी १७ वर्षको भाले पाटेबाघ मृत अवस्थामा फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत दाहालले बताउनुभयो । 

पोष्टमार्टम गरी हेर्दा बाघ पूर्ण रुपमा सडिसकेकाले बुढो भएर कालगतिले एकहप्ता अघि मरेको हुन सक्ने बताइएको छ ।

हालै सार्वजनिक गरिएको बाघको नतिजा अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ वटा वयस्क पाटे बाघ रहेको तथ्याङ्क छ ।


 

अन्तिम अपडेट: बैशाख १२, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया