अाधी आवादि महिला भलिबल प्रतियोगिताको उपाधि चितवन टाइग्रेसकाे पाेल्टामा

 असोज १७, २०७५ बुधबार १७:११:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

आधी – आवादि एनभीए महिला भलिबल प्रतियोगिताको उपाधि चितवन टाइग्रेसले जितेको छ ।

सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै चितवनले उपाधि जितेको हाे । त्रिपुरेश्वरमा रहेकाे दशरथ रंगशालाको कवर्डहलमा बुधबार भएको फाइनलमा तीन अमेरिकी खेलाडी र अमेरिकी प्रशिक्षक रहेको चितवनले विभागीय टिम एपीएफलाई खेलभरी नै दबाबमा राख्यो ।

पहिलो सेट २५–२० ले जितेको चितवन पछिल्लो दुई सेटमा उत्कृष्ट प्रदर्शन गर्दै २५–१७ र २५–११ ले विजयी भयो ।

उपाधिसँगै चितवनले ६ लाख जितेको छ । उपविजेता बनेको एपीएफले तीन लाखमा चित्त बुझाएको छ । तेस्रो भएको न्यू डायमण्डले एक लाख ५० हजार पाएको छ ।

तेस्रो स्थानको प्लेअफमा न्यू डायमण्डले नेपाल पुलिस क्लबलाई २५–१८, २५–२१ र २५–१९ को सोझो सेटमा हराएको थियो । 

चितवन टाइग्रेसकी अरुणा शाही माेस्ट भ्यालुएबल प्लेयर घाेषित हुँदै ५० हजार रुपैयाँ नगद पुरस्कारका साथै स्कुटर पनि प्राप्त गरिन् ।


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया