आयोजनाको प्रगति बुुझ्न देश दौडाहामा ऊर्जामन्त्री पुुन, निर्धारित समयमै काम सक्न निर्देशन

 जेठ २३, २०७५ बुधबार १९:५६:७ | उज्यालो सहकर्मी

बाँके –  ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले मंगलबार सिक्टा सिंचाइ आयोजनाको बाँध तथा नहरको स्थलगत निरीक्षण गर्दै निर्धारित मितिमै काम सम्पन्न गर्न निर्देशन दिनुभएकाे छ ।

निर्माणाधीन राष्ट्रिय गौरवसहितका सिंचाइ आयोजनाको प्रगति बुुझ्न देश दौडाहामा रहनुभएका मन्त्री पुनले  आयोजनाको निरीक्षण गर्दै आयोजना प्रमुखसँग आयोजनाको काम कारबाहीको बारेमा जानकारी लिनुभएकाे थयाे। 

मन्त्री पुनले नहरको काम सम्पन्न भएको ठाउँमा क्रमिक रुपमा किसानलाई पानी दिने तयारी रहेको जानकारी दिनुभयाे ।

यसअघि उहाँले बर्दियाको भेरी–बबई डाइभर्सन, पश्चिम राप्ती जनताको तटबन्धनको प्रगतिको जानकारी लिने क्रममा  भेरी–बबइ डाइभर्सनका मजदुरहरुसँग पनि छलफल गर्नुभएको थियो ।

राप्तीपारीका समस्याका विषयमा आफू जानकार रहेको बताउँदै मन्त्री पुनले विद्युत, सिंचाई र तटबन्ध विस्तारलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

ऊर्जा मन्त्री पुनले वर्षाै‌देखि समस्याका रुपमा रहेको विद्युत, सिंचाइ र तटबन्धको समस्या समाधान गर्न  गुरुयोजना तयार पारिएको र छिट्टै स्थानीयहरुले महसूस गर्ने गरी प्रतिफल प्राप्त गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

राप्तीसोनारी र नरैनापुरको अवस्थाका बारेमा प्रदेश ५ की प्रदेशसभा सदस्य कृष्णा केसीले मन्त्री पुनलाई जानकारी गराउनुभएको थियो ।  गाउँपालिकामा विद्युतको समस्या  रहेको भन्दै तत्काल विद्युत लाईन विस्तारका लागि पहल गरिदिन आग्रह गर्नुभयो ।

ज्ञापन पत्र बुझ्दै मन्त्री पुनले सम्बन्धित पक्षलाई युद्धस्तरमा गुणस्तरीय काम गर्न निर्देशन दिनुभयो ।  
मन्त्री पुुन विहीबार काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया