जनप्रतिनिधि आफै ठेकेदार, आफै डोजर मालिक : मुख्यमन्त्री राई

 असोज १७, २०७५ बुधबार २०:१८:३३ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले स्थानीय तहका जनप्रतिनिधिलाई जनताको काममा गम्भीर भएर काम गर्न आग्रह गर्नु भएको छ । 

प्रदेश सरकार र स्थानीय सरकार तथा संघीय सरकारबीचको अलग–अलग अधिकारको संवैधानिक व्यवस्था रहेकोले आफ्नो अधिकारको सही रुपमा जनताको काममा केन्द्रित गराउनु पर्ने बताउनुभयो ।

पछिल्लो समय जनताको तर्फबाट नै स्थानीय तहका जनप्रतिनिधिलाई अधिकार बढ्ता भयो, अधिकारको दुरुपयोग गर्न थाले, जथाभावी कर तोक्न, उठाउन थाले, जनतालाई मर्का पर्यो भन्ने गुनासो आएकोले त्यो विषय अहिलेले कोकोहोलो मच्चिएको स्मरण गराउनुभयो । एक नम्बर प्रदेश समन्वय परिषदको बैठकको उद्घाटनका क्रममा मुख्यमन्त्री राईले स्थानीय तहका जनप्रतिनिधिहरु आफै ठेकेदार आफै डोजर मालिक भएको समेत आरोप लगाउनुभयो ।

‘जनप्रतिनिधि डोजर मालिक र आफै ठेकेदार बन्छन् जम्मै जिम्मा लिन्छन् भनेर सतहमा यस्ता  टिप्पणी सुनिएको छ’, उहाँले भन्नुभयो । के जनप्रतिनिधिमा अहमता बढ्यो, कसैलाई नटेर्ने, नमान्ने र नपत्याउने  स्थिति यस्तै हो ? मुख्यमन्त्री राईको गम्भीर प्रश्न थियो । ‘यदि यस्तो अवस्था आएको हो भने यस्तो विषय गम्भीर र संवेदनशील विषय हो’, मुख्यमन्त्री राईले भन्नुभयो, ‘यदि यस्तो भइरहेको छ भने यो गल्ती भैरहेको छ, यस्तो गर्ने छुट हामी कसैलाई पनि छैन ।’

जनप्रतिनिधिले मात्तिने र आत्तिने  काम गर्नै नहुने उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘ठिक ढंगले अधिकारको प्रयोग गरी जनताको काम गर्ने हो । नीति र कार्यक्रम बनाउने हो । बजेट बनाउने हो । जनताको हितको लागि काम गर्ने हो ।’ अधिकार हातमा आयो जम्मैथोक हातमा आयो भनेर जथाभावी गर्ने त्यस्तो खालको म्यान्डेट कसैलाई नदिएको उहाँले बताउनुभयो ।

तीन तहका संयन्त्र सँगै हिँड्न समय लाग्ने, बिग्रेकोलाई सपार्दै जानु पर्ने भएकाले जनताका सुविधाका लागि नीति तर्जुमा र कानुन बनाउने भएकोले बिग्रिएका कुरा सच्याउँदै जाने मुख्यमन्त्री राईले स्पष्ट पार्नुभयो ।   

एक सय ३७ वटा स्थानीय तहका प्रमुख तथा उपप्रमुखसहित समन्वय समितिका प्रमुख तथा प्रतिनिधि सहभागी प्रदेश समन्वय परिषदको बैठकमा भावुक देखिएका मुख्यमन्त्रीले संघीय सरकारले अधिकार प्रत्यायोजन गर्न नसक्दा समस्या भएको सुनाउनुभयो । उहाँले अहिले पनि प्रदेश सरकारले एक चौमासिक जान लाग्दा समेत नीति तथा कार्यक्रम अनुसारको बजेट कार्यान्वयनमा समस्या भएको बताउनुभयो  ।
 

अन्तिम अपडेट: बैशाख २, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

2 Comments

  • anjana rai

    Oct. 7, 2018, 7:27 p.m.

    राम्रो कम गर्नु होल किन कि सबै कुरा म जनत मार्ग म पर्न गयका छन किन कि हरेक सामान को मूल्य बदाई रहेको यो तरि का भयेन सारकार गरिप निमुखा लाई उथाउनु हुन्क्स कि घटानु हुनड

  •  0 Reply
  • Bhim Prasad Guragain

    Oct. 4, 2018, 4:22 p.m.

    This is happening ...........We should use maximum Human power then Machinery...... coz .. if we use manpower it is clean ... money goes to the labour hand if we use machinery, money goes to single owner or Lord Capitalist ............. which is not fair..

  •  0 Reply

तपाईको प्रतिक्रिया