मोबाइल किन्दा खसी उपहार !

 असोज १८, २०७५ बिहिबार ६:६:४० | उज्यालो सहकर्मी

काठमाडौं - मोबाइल एप रिचार्जरले दसैँमा मोबाइल किन्दा खसी उपहार योजना शुरु गरेको छ । रिचार्जरको एपमार्फत मोबाइल खरिद गर्ने ग्राहकले खसी उपहार पाउने रिचार्जरले जनाएको छ।

दसैँको खसी घरमै बसी बसी’ योजना असोज १६ गतेदेखि लागू भएको कम्पनीले जनाएको छ । यो योजनामा सहभागी हुनका लागि असोज १६ गते मंगलबारदेखि २९ गते सोमबार दिउँसो १२ बजेसम्ममा रिचार्जरको एपमार्फत मोबाइल खरिद गर्नुपर्नेछ । यसअवधिमा एपमार्फत मोबाइल खरिद गर्ने ग्राहकलाई ग्रोला प्रथामार्फत खसी उपहार प्रदान गरिने रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले जानकारी दिनुभयो ।

यो योजना सीमित ब्रान्डका मोबाइल फोनमा मात्र लागू हुने रिचार्जरले जनाएको छ । खसी विजेताको घोषणा असोज २९ गते सोमबार मोबाइल एप रिचार्जरको आधिकारिक फेसबुक पेजमार्फत लाइभ घोषणा गरिने छ । साथै रिचार्जर एप मार्फत जुनसुकै सामान अर्डर गर्दा काठमाडौं उपत्यकाको चक्रपथभित्र तीन घण्टाभित्र डेलिभरी गर्ने रिचार्जरले बताएको छ ।

तीन घण्टाभित्र सामान डेलिभरी गर्दा केही अतिरिक्त शुल्क लाग्ने छ । २४ घण्टाभित्र सामान डेलेभरी गर्दा भने कुनै अतिरिक्त शुल्क नलाग्ने कम्पनीले जनाएको छ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया