नागढुंगामा उस्तै जाम

 असोज १८, २०७५ बिहिबार ९:२५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उपत्यका ओहोरदोहोर गर्ने मुख्य नाका नागढुंगा सकडखण्डमा आज पनि बिहानैदेखि गाडीको चाप छ । चाडपर्वका सामान बोकेका ठूलाठूला गाडी र बाटो मर्मतका कारण कलंकीदेखि धादिङको धार्केसम्मै दिनहुँ जाम हुने गरेको छ । घण्टौं जाममा बस्नुपर्दा यात्रुले सास्ती खेप्न परेको छ । 

पहिलेदेखि नै जाम हुने गरेको यो सडकखण्डकमा राति गाडी बन्द गरेर सडक मर्मत गर्न थालेपछि झन् जाम बढेको हो । राती रोकिएका गाडी बिहान एकैपटक छुट्दा जाम र चाप बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौंबाट बाहिरिंदा केही सहज भए पनि काठमाडौं भित्रने गाडी भने घण्टौं जाममा बस्नुपर्ने बाध्यता छ । लामो जाम र धुवाँधुलोका कारण कलंकी–नागढुंगा क्षेत्रको जनजीवन पनि अस्तव्यस्त भएको छ ।  
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया