फेरि घटाइयो उपत्यकाभित्र टिप्पर चलाउने समय

 असोज १८, २०७५ बिहिबार ११:३३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उपत्यकाभित्र टिप्पर चलाउने समयावधि फेरि घटाइएको छ ।

बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म चलाउन दिएकै दिन दुर्घटना भए पछि फेरि पुरानै नियम अनुसार बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै चलाउन दिइने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।  

यस अघि दुर्घटना बढेको भन्दै बेलुकी ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै टिप्पर चलाउन अनुमति दिइएको थियो ।  भक्तपुरको सूर्यविनायकमा बुधबार साँझ टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको थियो ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया