‘विर विक्रम २’ मा आकाश र वर्षा

 असोज १८, २०७५ बिहिबार १२:३३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

पछिल्लो समय चलचित्र बजारमा नयाँ नामको भन्दा पनि सिक्वेलले काम चलाउने प्रवृत्तिको विकास हुँदै गइरहेको छ । चलचित्रको नयाँ नाम जुराउने झन्जटबाट मुक्त हुनका निम्ति पनि यो प्रवृति फलदायी हुने गरेको छ ।

अझ अघिल्लो चलचित्र सामान्य चले पनि त्यसैको सिक्वेलका रुममा चलचित्र निर्माण हुन्छन् । तर नाम एउटै भए पनि न त कथा अघिल्लो चलचित्र सँग मेल खान्छ । न त अन्य कथा वस्तु । एउटा नाम बाहेक अरु सबै नयाँ हुन्छ । चलचित्र चलाउनकै निम्ति पनि यो जुक्ति लगाउने गरेका छन् । 

यसैबीच चलचित्र विर विक्रमको पनि सिक्वेल बन्ने भएको छ । दयाहाङ राई र अनुप विक्रम शाही अभिनित सफल चलचित्र ‘विर विक्रम’ले औषत व्यापार गरेको थियो । चलचित्रको सिक्वेलका रुपमा ‘विर विक्रम २’ बनाउने पक्का भइसकेको छ ।

चलचित्रलाई मिलन चाम्सले निर्देशन गर्ने भएको बताइएको छ । चलचित्र ‘विर विक्रम २’ मा नायकको रुपमा आकाश श्रेष्ठ अनुबन्धित भएका छन् भने नायिका भने वर्षा सिवाकोटी यस अघि नै फाइनल भैसकेकी छिन्  ।

नायक अनमोल केसी को समय नमिले पछि निर्देशक मिलन चाम्सले ‘विर विक्रम २’ मा आकाश श्रेष्ठलाई अनुबन्धित गरेको बताइएको छ । तर त्यसको औपचारिक घोषणा भने भैसकेको छैन । चलचित्र निर्माण टिमले कलाकार र छायांकन मितिको जानकारी केही दिनमै दिने बताएको छ । 
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया