सुदूरपश्चिमका १२ ठाउँमा ‘नागरिक सहायता कक्ष’

 असोज १८, २०७५ बिहिबार १४:४७:७ | विमल बिष्ट
unn.prixa.net

डोटी – दसैँ तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलले सुदूरपश्चिम प्रदेशका १२ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ । 

चाडपर्वका बेला यात्रुको सहज र सुरक्षित आवागमनको व्यवस्था मिलाउन नागरिक सहायता कक्ष स्थापना गरेर सेवा सुरु गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । सहायता कक्षले दुर्घटना न्यूनीकरणमा समेत सहयोगी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

सुदूरपश्चिम प्रहरीले डोटीको पिपल्ला, सिलगढी बसपार्कसहित कैलालीको अत्तरिया बसपार्क, धनगढी बसपार्क, लम्कीचुहा बसपार्क, कञ्चनपुरको महेन्द्रनगर बसपार्क, डडेल्धुराको बागबजार बसपार्क र स्याउलेमा नागरिक सहायता कक्ष सञ्चालन गरेको जनाएको छ । 

त्यस्तै बैतडीको गोठलापानी, अछामको मंगलसेन, बझाङको सिमखेत र बाजुराको मार्तडी बसपार्कमा पनि सहायता कक्षा स्थापना गरी सेवा सुरु गरेको कार्यालयले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया