प्रधानमन्त्री ओलीको सवारीका लागि बाटो खाली गरिँदै

 असोज १८, २०७५ बिहिबार १५:४१:८ | उज्यालो सहकर्मी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिई केहीबेरमा काठमाडौं आइपुग्दै हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीको सवारीका लागि काठमाडौंका केही बाटाहरु दुईतर्फी रुपमै बन्द गरिन लागेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले दिउँसो ४ बजेदेखि १५–२० मिनेटका लागि प्रधानमन्त्रीको सवारीका क्रममा पर्ने रुटहरु प्रभावित हुनेछ ।

महाशाखाले एक सूचना सार्वजनिक गर्दै विशेष कारणवश अबको केही समयमा एयरपोर्टगेट, तिलगंगा, गौशाला चोक, रातोपुल, ज्ञानेश्वर, लोत्सेचोक, नक्साल भगवती, छातेगणेश, भाटभटेनी,बालुवाटार आसपास भएर चल्ने सवारी साधनहरुको आवागमन दुइतर्फी रुपमा प्रभावित हुने जनाएको छ । साथै त्यस समयमा वैकल्पिक मार्ग सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न महाशाखाले आग्रह गरेको छ ।

प्रधानमन्त्री अाेली पाैने चार बजे त्रिभुवन विमानस्थल अाइपुग्ने उहाँका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनु भएकाे छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया