हेमकार परिवारकाे हत्याकाे अाराेपमा किशोरीलाललाई नेपाल प्रहरीले पक्राउ गरेपछि  लखनउ प्रहरीमा खैलाबैला

 असोज १८, २०७५ बिहिबार १६:२५:० | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालगञ्जबासीले अपराधी पहिचानका लागि लामो समय प्रतिक्षा गरिरहेको हेमकार हत्याकाण्डमा संलग्न भएको आरोपमा एक जना अभियुक्त पक्राउ परिसकेका छन् ।

भारतको उत्तर प्रदेश सीतापुर जिल्ला बिसवाह बजार स्थायी घर भई लखनउ सीतापुर प्रियदर्शनी कोलोनीमा बस्दै आएका ६५ वर्षीय किशोरीलाल सोनीलाई पक्राउ गरी असोज १४ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार सम्मेलन गरी सार्वजनिक ग्‍ार्‍यो । 

तर भारतमा भने किशोरीलालको अपहरण भएको भन्दै उनका छोरा विकासले लखनउ प्रहरीमा मुद्दा दायर गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।भारतीय सञ्चार माध्यमका अनुसार किशोरीलाई पक्राउ गरिएको विषयमा नेपाल प्रहरीले सूचना दिइसकेको छ । 
  
सीसीटीभी फुटेजका आधारमा दैनिक भास्करको अनलाइन संस्करणले समाचार प्रकाशन गरेको छ । लखनउमा स्कुटरमा सवार किशोरीलाललाई  कारमा राखेर जबरजस्ती लगिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

भारतीय सञ्चार माध्यमले किशोरीलाललाई लखनउबाटै नेपाल प्रहरीले पक्राउ गरी नेपाल ल्याएको बताए पनि नेपाल प्रहरीले भने नेपालगञ्जको जमूनाहबाट पक्राउ गरेको दावी गरेको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अरुण पौडेलले किशोरीलाललाई जमूनाहबाट पक्राउ गरिएको उज्यालोलाई जानकारी दिनुभयो । 

नेपालगञ्जको सदरलाइनमा १३ वर्षअघि एकै परिवारका चारजना सहित पाँच जनाको हत्या भएको थियो । पक्राउ परेका सोनी  हत्या गरिएका दिपक हेमकारका सहोदर ससुरा हुन् । 

१३ वर्षअघि २०६२ साल फागुन २३ गते नेपालगञ्जको सदरलाइनमा ८२ वर्षीया गुलावदेवी हेमकार, ६२ वर्षीय जगदेव हेमकार, ४५ वर्षीया सीतादेवी हेमकार, ३२ वर्षीय दीपक हेमकार र कामदार बाँके कुसुमका राम शनिच्चर चौधरीको घाँटी रेटी हत्या गरिएको थियो । 

हेमकार परिवारका चारजनाको हत्या भएपछि सम्पत्ति सोनीकी छोरी अर्थात दीपककी पत्नीको दीपाको नाममा भएको थियो । घटनापछि दीपककी पत्नी भारतमा बस्दै आएको प्रहरीले जनाएको छ । 

हेमकार परिवारको नाममा भएको सम्पत्ति पत्नीको नाममा स्थानान्तरण भएपछि सस्तो मूल्यमा बिक्री भएको पाइएको प्रहरीले जनाएको छ । 

हत्याका समयमा दीपा माइती भारतमा थिइन् । पक्राउ परेका सोनीलाई अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको छ । 

१३ वर्षपछि हेमकार हत्याकाण्डको पर्दाफास

 

अन्तिम अपडेट: चैत १६, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

1 Comments

  • Rohit Mittal

    Feb. 21, 2019, 12:32 p.m.

    Thank you for providing this information, I hope you will continue to do good work.

  •  0 Reply

तपाईको प्रतिक्रिया