प्रदेश सभा २ को बैठक एक महिनापछि पुन: सुरु, दुई विधेयक सदनमा प्रस्ताव

 असोज १८, २०७५ बिहिबार १७:४८:४६ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - प्रदेश सभा २ को प्रदेशसभा बैठक एक महिनाको अन्तरालपछि पुनः सुरु भएको छ ।

गएकाे भदौ १६ गते स्थगित भएको बैठककाे दोश्रो अधिवेशनको ३० औं बैठक बिहीबार अपराह्न पौने ४ बजे बसेको थियो ।

बिहीबार बसेको प्रदेशसभा बैठकमा दुइवटा विधेयक प्रस्ताव भएका छन् । प्रदेश २ को गाउँसभा तथा नगरसभाको कानुन निर्माण प्रक्रिया सम्बन्धी विधेयक २०७५ र प्रदेश २ को सार्वजनिक प्रशासनका लागि करारमा भर्ना सम्बन्धी विधेयक २०७५ प्रस्ताव गरिएका हुन्।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले दुवै विधेयक प्रस्ताव गर्नुभएको हो । प्रदेशसभाको अर्को बैठक असोज २० गतेसम्मका लागि स्थागित भएको छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया