सलाह बिनाको खेलमा इजिप्ट बेल्जियमसँग पराजित

 जेठ २४, २०७५ बिहिबार ७:१२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप अघिको मैत्रीपूर्ण खेलमा बेल्जियमले इजिप्टलाई तीन शून्यले हराएको छ ।

ब्रसेल्समा भएको खेलमा चोटका कारण मैदान बाहिर रहेका मोहम्मद सलाह बिना नै मैदानमा उत्रिएको इजिप्ट विरुद्ध बेल्जियमले पहिलो हाफमा नै दुई गोल गरेको थियो । खेलको २७ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

त्यसपछि ३८ औं मिनेटमा इडेन हजार्डले बेल्जियमका लागि दोस्रो गोल गरे । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको बेल्जियमले खेलको इन्जुरी समयको दोस्रो मिनेटमा तेस्रो गोल गर्‍याे ।

उसका लागि मारुवान फेलीनीले गोल गर्न सफल भए । यो हारले इजिप्टलाई विश्वकप तयारीमा केही धक्का पुगेको छ ।

यस्तै, अर्को खेलमा विश्वकपमा सहभागि भएको टिम पानामा नर्वेसँग एक शून्यले पराजित भयो भने नाइजेरीया चेक रिपब्लिकसँग एक शून्यले हार्न पुग्यो ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया