‘को बन्छ करोडपति’ छठपछि प्रसारण हुने

 असोज १८, २०७५ बिहिबार १८:४७:२० | रासस
unn.prixa.net

काठमाडौं – भारतीय टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’को नेपाली संस्करण ‘को बन्छ करोडपति’ आउँदो छठपर्वपछि प्रसारण हुने भएको छ । 

एसआरबीएन मिडिया प्रालिले बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी नेपालीपन झल्कने गरी ‘को बन्छ करोडपति’ प्रसारण गर्न लागिएकोे कार्यक्रमका संयोजक विपिनकुमार आचार्यले जानकारी दिनुभयो । 

नायक राजेश हमालले कार्यक्रमलाई अन्तर्राष्ट्रिय मापदण्ड कायम गरी नेपाली स्वाद दिनु जरुरी रहेको औँल्याउनुभयो । एपीवान टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमको प्रसारणको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । 

भारतमा चार वटा भाषामा प्रसारण हुँदै आएको कार्यक्रम अन्य विभिन्न देशका टेलिभिजनले पनि प्रसारण गर्दै आएका छन् । 

भारतमा ‘कौन बनेगा करोडपति’ कार्यक्रम महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आउनुभएको छ । नेपाली संस्करणको सञ्चालन भने नायक राजेश हमालले गर्नुहुनेछ । कार्यक्रमको ६ भागका लागि दर्ता प्रक्रिया पूूरा भएर छनोट चरणमा पुगेको जनाइएको छ ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया