औरही नगरपालिकामा स्थानीयले लगाएको ताला प्रहरीले खोल्याे

 असोज १८, २०७५ बिहिबार २०:६:४३ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – महोत्तरीको औरही नगरपालिकामा स्थानीयले लगाएको ताला फोडेर प्रहरीले कार्यालय सञ्चालनमा ल्याएको छ ।  

बिहीबार मध्यान्हको समयमा इलाका प्रहरी कार्यालय गौशालाबाट गएको टोलीले औरही नगरपालिकाको मूल गेटमा स्थानीयहरुले लगाएको ताला फोडेर कार्यालय सञ्चालनमा ल्याएको हो ।

आन्दोलनकारीका तर्फबाट संयोजक दरेश यादवका अनुसार आफूहरुको मागको सुनवाइ नगरिकन प्रहरीको सहयोगमा कार्यालय सञ्चालन गराउनु दुखद कुरा रहेको प्रतिक्रिया दिनुभयो । अब आफूहरुले उठाएको माग प्रदेश नं. २ को सरकारसमक्ष ज्ञापनपत्र बुझाएर समाधान खोजिने संयोजक यादवले जनाउनुभयो ।

जनतालाई प्रत्यक्ष रुपमा सेवा दिइने संस्थामा तालाबन्दी गर्दा सर्वसाधारणहरु प्रभावित भएको भन्दै तालाबन्दी खोलेर कार्यालय सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

आफूहरुले नगरपालिकामा बुझाईएको मागको सम्बन्धमा नगरपालिकाले सुनवाइ नगरेको भन्दै विभिन्न चरणका आन्दोलनका कार्यक्रम गर्दै आएका स्थानीयहरुले गएको असोज १६ गतेदेखि कार्यालयको मूल गेटमा धर्ना दिई आन्दोलन गर्दै आएका थिए । 

अन्तिम अपडेट: चैत २३, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया