यामाहाको एफजीएस किन्दा सुवासले पाए आर थ्री उपहार

 असोज १८, २०७५ बिहिबार २०:२१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – यामाहाको दसैँ योजना ‘विजय यात्रा’को पहिलो साप्ताहिक लक्की ड्रका विजेता सुवाष गिरीलाई यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता मोरङ अटो वर्क्स इन्टरप्राइजेजले यामाहा आर थ्री हस्तान्तरण गरेको छ । 

एभिन्यूज टेलिभिजन र यामाहा नेपालको फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिएको साप्ताहिक लक्की ड्रमा उहाँको नाम विजेताको रुपमा छानिएको थियो । 

भाग्यशाली विजेता सुवास गिरीले नयाँ बजारमा रहेको कालीगण्डकी अटो वर्क्सबाट एफजीएस एफआई मोटरसाइकल खरिद गर्नु भएको थियो । पहिलो साप्ताहिक लकी ड्रका विजेता सुवाष गिरीलाई कालीगण्डकी अटोवक्र्सका प्रबन्ध निर्देशक प्रेम गैरैले यामाहा आर थ्रीको साँचो हस्तान्तरण गर्नु भयो । 

यसैबीच, दोस्रो हप्ताको भाग्यशाली विजेताको नाम पनि घोषणा भइसकेको छ । पहिलो विजेता सुवाष गिरीले छान्नु भएको चिट्ठामा महेन्द्रनगरका विजेन्द्र मल्ल दोस्रो विजेताका रुपमा छानिनु भएको हो । उहाँले पनि यामाहाको तर्फबाट यामाहा आर थ्री जित्नु भएको छ । उहाँलाई आउँदो साता मोटरसाइकल हस्तान्तरण गरिनेछ । 

यामाहाको दसैँ योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले कम्तीमा सात हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् । 

त्यसैगरी, हरेक हप्ता हुने लक्की ड्रमा एक जनाले ब्रान्ड न्यू यामाहा आर थ्री जित्न सक्नेछन् । दसैँकै अवसरमा यामाहाले हरेक मोटरसाइकल वा स्कुटरको टेस्ट राइडमा सप्र्राइज गिफ्ट प्रदान गर्दै आएको छ भने यामाहा स्कुटर वा सलुटो बाइक २० प्रतिशत डाउन पेमेन्टमा समेत उपलब्ध गराउँदै आएको छ । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया