रसुवाका ११ वटा साुमदायिक विद्यालयमा महिला प्रधानाध्यापक

 असोज १९, २०७५ शुक्रबार ७:४३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवामा रहेका ११ वटा सामुदायिक विद्यालयमा महिलाले नेतृत्व संहालेका छन् । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–६ भीमलीमा रहेको भीमली प्राविमा प्रध्यानाध्यापक महिला राखिएसँगै जिल्लामा ११ जना महिला प्रधानाध्यापक पुगेका छन् । 

यो विद्यालयको प्रधानाध्यापकमा दावा ल्हामो तामाङले जिम्मेवारी पाउनुभएको छ । उहाँले त्यहीँ विद्यालयमा २२ वर्षदेखि अध्यापन गराउँदै आउनुभएको थियो । २०५० सालमा बेताङ प्राविबाट अध्यापन कार्य सुरु गरेको उहाँले बताउनुभयो । 

कालिका हिमालय माविमा आशा आङबुहाङ लिम्बु, काभ्रे प्राविमा दुर्गा तामाङ, बाराही प्राविमा शारदा आचार्य, भीमसेनस्थान प्रावि सावित्री पौडेल, तेम्राङ प्राविमा विमला कटेल, बेताङ प्राविमा गीता देवकोटा, गणेश प्राविमा पवित्रा गुरुङ, सरस्वती आधारभूत विद्यालयमा फुर्पुचेमो तामाङ, नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा छेसुम लामा र ज्ञानज्योति प्राविमा मिङमा तामाङ रहनुभएको छ । 

जिल्लामा अहिले १ सय ४ वटा विद्यालय रहेका छन् । 
 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया