भोजपुरमा ग्यासको मूल्यसँगै लेगुवा–भोजपुर सडकको भाडा घट्यो

 असोज १९, २०७५ शुक्रबार ८:५७:२३ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – दसैं नजिकिएसँगै लेगुवा–भोजपुर खण्डको भाडा घटाइएको छ । जिल्लाका प्रशासन कार्यालय भोजपुरमा सरोकारवाला निकायसंग बसेको बैठकले ग्यासको मूल्य तथा भाडादर एकैचोटी घटाएको हो ।

भोजपुरलाई तराई जोड्ने भोजपुर–लेगुवा सडकको स्तरोउन्नति भएपछि एक सय रुपैयाँ भाडा घटाएको हो । ६६ किलोमिटर रहेको सडक खण्डमा यात्रुहरुले यसअघि ५ सय रुपैयाँ तिर्दै आएका थिए । 

यही २४ गतेबाट लागुहुने गरि ग्यासको मूल्यमा ७५ रुपैयाँ घटाइएको छ । व्यावसायीहरुले ग्यास प्रतिसिलिन्डर १८ सय ७५ रुपैयाँमा बेच्दै आएकोमा १८ सयमा झारिएको जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए । 
 
त्यस्तै जिल्लामा बेलुका ८ बजेपछि मदिरा विक्री वितरणमा समेत रोक लगाएको छ । छलफलमा प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेल, जिल्लाका राजनैतिक दल, उद्योग वाणिज्य संघ, सुरक्षा निकाय, बस व्यावसायी, मासु व्यावसायी, होटल व्यावसायी, नागरिक समाज, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया