५० हजार घुससहित अधिकृत पक्राउ

 जेठ २४, २०७५ बिहिबार ८:२६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

सर्लाही – जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रशासकीय अधिकृत सुरेश दास ५० हजार घुससहित प्रकाउ परेका छन् ।

महोत्तरीको बर्दिवासमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले  उनलाई बुधबार  पक्राउ गरेको हो । प्रशासकीय  अधिकृत  दाशले सर्लाही  सदरमुकाम मंलगवामा रहेको शिव किराना पसलको  मुद्दा  मिलाउने भन्दै  घुस लिएको अख्तियारले  दावी गरेको छ ।

प्रशासकीय अधिकृत दाशले भने आफूले कुनै रकम नलिएको र फसाउने उदेश्यले उनी चढेको गाडीमा  कसैले रकम राखेको बताएका छन् । उनलाई थप अनुसन्धानको लागि अख्तियारको कार्यालय  बर्दिवासमा  राखिएको छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया