ट्याक्टरबाट खसेर महिलाको ज्यान गयो

 असोज १९, २०७५ शुक्रबार १३:३९:१० | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – रुकुम पूर्वमा ट्याक्टरबाट खसेर एक महिलाको ज्यान गएको छ ।

रुकुम पश्चिमबाट पूर्वको भुमे गाउँपालिका २ काँक्रितर्फ जाँदै गरेको म १ त ७९७ नम्बरको ट्याक्टरबाट खस्दा भुमे २ सीमचौरकी २४ वर्षीय सुनकुमारी घर्तीको ज्यान हो । भुमे गाउँपालिका २ को सीतचौर भन्ने ठाउँमा ट्याक्टरबाट खसेर गम्भीर घाइते भएकी घर्तीको उपचारको क्रममा रुकुमकोटमा ज्यान गएको प्रहरीले जनाएको छ । 

तीव्र गतिमा रहेको ट्याक्टरबाट खसेकी घर्तीलाई अगाडिको पाङ्ग्राले किचेको थियो । जाजरकोट घर भएका ट्याक्टर चालक शितल शाहीलाई प्रहरीले पक्राउ गरेको छ भने ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया