निर्मला हत्या प्रकरण : बम दिदी बहिनीलाई अनुसन्धानको दायरामा ल्याउन मानव अधिकार संगठनको माग

 असोज १९, २०७५ शुक्रबार १४:४६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाडौं – नेपाल मानव अधिकार संगठनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा बम दिदी बहिनी र निर्मलाका मामा तीर्थराज भण्डारीलाई पनि अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।

घटनाको स्थलगत अध्ययन प्रतिवेदन शुक्रबार काठमाडौंमा सार्वजनिक गर्दै संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले घटनाको सम्पूर्ण जानकारी भएको दाबी गर्दै बम दिदी बहिनी र निर्मलाका मामा भनिने तीर्थराज भण्डारीलाई अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गर्नु भएको हो ।

संगठनको प्रतिवेदनामा घटनाको वास्तविकतातर्फ सरकारको अनुसन्धान केन्द्रित नभएको दाबी गर्दै एसपी डिल्लीराज विष्ट, बम दिदी बहिनी र निर्मलाका मामा भण्डारीले घटनाको यथार्थता लुकाउन चलखेल गरिरहेको पनि उल्लेख गरिएको छ ।

संगठनले घटनास्थल नजिकै रहेको नेपाली सेनाको व्यारेकलाई पनि अनुसन्धानको दायरामा ल्याउन सरकारलाई सुझाव दिएको छ । उनीहरुसँग ठोस र प्रभावकारी अनुसन्धान नभएकै कारण निर्मला पन्त हत्याका दोषी पत्ता लगाउन नसकेको निष्कर्ष पनि संगठनको अनुगमन टोलीले निकालेको छ ।

संगठनले सबै स्रोत, साधनको प्रयोग गरी हत्यारा पत्ता लगाउन र निर्दोषलाई यातना दिने कार्यमा संलग्न तथा गैरकानुनी रुपमा बल प्रयोग गरी जनधनको क्षति पु¥याउने प्रहरीमाथि कडा कानुनी कारबाही गर्न पनि माग गरेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • योगेश्वर खालिङ

    Oct. 5, 2018, 4:59 p.m.

    यो कुरो चित्त बुझ्दो छ। बम दिदी बहिनिलाई किन संरक्षण गरिन्छ? सुरक्ष कर्मी द्वारा उनिहरुको घरमा अरुलाई प्रवेश निसेध गरिएको, घर रातारात पेन्टिङ गरीएको, अम्बाको रुख काटिएको अनि बम बहिनी मध्यको दिदिले नीर्मलाकी आमालाई निकै तीतो गाली गरेको समाचार पनि पढिएको थियो। त्यो कुरो किन त्यतिकै हरायो? अनुसन्धानको पहिलो प्राथमिकतामा त्यही बम दिदी बहिनी, एस पि विष्ट हुँदै नीर्मलाको भनाउदा मामा सम्म गहिरो अनुसन्धान गरिए हत्यारा अवस्य छिटै पत्ता लाग्ने छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया