अनुराग हेरेर रवि लामिछानेले भने एलिजाजीको सिनेमा ‘जज’ गर्ने बेला भएको छैन्

 असोज १९, २०७५ शुक्रबार १५:६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – ऋषि धमलाको प्रस्तुती सिनेमा अनुराग शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ ।

गएको शुक्रबारदेखि प्रदर्शनमा आएको यो सिनेमामार्फत ऋषि धमलाले आफ्नी श्रीमती एलिजा गौतमलाई सिनेमा क्षेत्रमा डेब्यू गराएका छन् । यो सिनेमालाई आम दर्शकले मात्रै हैन, राजनीतिक पार्टीका नेता र वरिष्ठ कलाकारहरुले समेत हेरिसकेका छन् ।

सिनेमा राजनीति पार्टीका नेताहरु झलना खनाल,  लालबाबु  पण्डित, बिमला पण्डित रामशरण महत, गगन थापा,  रामचन्द्र पौडेल, डाक्टर शिवमाया तुम्बाहाम्फे, कलाकारहरु  हरिवंश आचार्य, भुवन केसी, रेखा थापालगायतले हेरिसकेका छन् । 

सिनेमा हेरेका सबैले घुमाउरो पारामा प्रतिकृया दिइरहेको बेला पत्रकार रवी लामिछानेले भने सिधा प्रतिकृया दिएका छन् । बिहीबार रवि लामिछानेले सिनेमा हेरिसकेपछि ऋषि धमलालाई हेर्दै ‘कि म प्रतिकृया दिन्न दिएँ भने जे लाग्यो त्यही भन्छु’ भनेर स्विकृती लिएर सिनेमाको बारेमा प्रतिकृया दिए । 

उनले भने, ‘सिनेमामा सबैको आ–आफ्नो टेस्ट हुन्छ । मलाई जुन खालको सिनेमा मन पर्छ । अरुलाई पनि त्यही सिनेमा मन पर्छ भन्ने छैन । कसैले पनि ‘बेस्ट मुभी’ बनाउछु भनेर  बनाउन सक्ने कुरा हैन, मलाई यो सिनेमा ठिकठिकै लाग्यो ।’ 

‘यो सिनेमा अझ धेरै राम्रो हुन सक्थ्यो । सिनेमाको कथामा, कलाकारहरुको अभिनयमा अझ राम्रो गर्न सकिन्थ्यो । तर यो सुरुवातको समय हो । हाम्रो एलिजा जीले रहरले गर्नुभयो जस्तो लाग्छ मलाई’, रवीले भने, ‘उहाँले आफ्नो प्यासनलाई यसरी अभिव्यक्त गर्नुभयो । अर्को समय उहाँले रहरभन्दा माथि उठेर काम गर्नुपर्छ । अनि बल्ल उहाँलाई ‘जज’ गर्न मिल्छ । मलाई सिनेमा राम्रो नराम्रो लाग्नु भनेको बेग्लै कुरा हो । उहाँले सिनेमा क्षेत्रमा योगदान दिनको लागि आउनु भएको छ । उहाँहरुलाई  यसपाली ‘वेलकम’ मात्र गरौँ । अर्को कामबाट चाहिँ ‘जज’ गरौँला ।’

तर उनले ऋषिले आफ्नो श्रीमती एलिजालाई गरेको सपोर्टको भने खुलेर तारिफ गरे ।  उनले ऋषिले जुन किसिमको सपोर्ट एलिजालाई गरेका छन् त्यो एकदमै महत्वपूर्ण र उदाहरणीय भएको बताए । तर सिनेमा भने आफूलाई राम्रो नलागेको स्पष्ट पारे । 

अनुरागमा एलिजासँगै कलाकार समुन्द्र पण्डितले मुख्य भूमिका निर्वाह गरेका छन् । समुन्द्रको पनि यो डेब्यू सिनेमा हो । त्यस्तै निर्देशक सत्यराज चौलागाईँको पनि यो डेब्यू निर्देशन हो । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया