उपत्यकामा ‘छक्का पञ्जा ३’ विशेष कन्सर्ट, हँसाए दीपा र जितुले

 असोज १९, २०७५ शुक्रबार १५:५२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - असोज २४ गते घटस्थापनाको दिनदेखि प्रदर्शनमा आउने सिनेमा ‘छक्का पञ्जा ३’ को टोली यतिबेला सिटी टुरमा खटिएको छ । 

यस अन्र्तगत‘छक्का पञ्जा ३’ को टोलीले उपत्यकाका विभिन्न ठाउँमा प्रमोशनल कन्सर्ट गरिरहेको छ ।  

बिहीबारदेखि शुरु भएको यो यात्रा शनिबारसम्म रहनेछ । छक्का पञ्जा ३ को टोलीले बिहीबार बिहान गठ्ठाघरबाट शुरु गरेको यो यात्रालाई  दिउँसो कोटेश्वर र बेलुका लगनखेलमा पुर्याएको थियो ।

त्यस्तै शुक्रबार बिहान बिजी मल बसपार्कमा एउटा शो सकिएको छ भने दिउँसो साढे २ बजे चावहिलमा कन्सर्ट हुने भएको छ । त्यस्तै  शुक्रबार बेलुका रत्नपार्कमा पनि कन्सर्ट  गर्ने तयारी छक्का पञ्जा टोलीको छ ।

यस टुरमा सिनेमाकी निर्देशक दीपाश्री निरौला, कलाकार जितु नेपाल, केदार घिमिरे, गायिका एन्जिला रेग्मी, हास्य कलाकार सुमन कार्की, गायक सागर शर्मा पराजुलीलगायतको उपस्थिति छ ।

दीपाश्री निरौलाको निर्देशन रहेको सिनेमामा दीपकराज गिरी, दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, किरण केसी, शिवहरि पौडेल, प्रियंका कार्की लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया