गाजामा राहत सामग्री पुर्याउनका लागि अनुमति दिन इजरायललाई र...
चैत १६, २०८० शुक्रबार
सुनसरी – प्रहरीले ईटहरी स्थित एक घरबाट लागुऔषध खरिद बिक्रि गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
इटहरी उपमहानगरपालिका –८ मा सूर्यमणी राउतको घरमा डेरा गरी बसेका तेजनारायण चौधरीको कोठाबाट लागुऔषध खरिद विक्रि भई रहेको अवस्थामा उनीहरुलाई बुधबार साँझ पका्रउ गरिएको हो ।
लागुऔषध बेच्ने चौधरीसहित खरिद गर्ने इटहरी–१ का भविस राई र शुन्दरहरैचा –४ का प्रदीप ढकाललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । चौधरीको कोठाबाट प्रहरीले लुकाई राखेको अवस्थामा १ सय ३४ पिस स्पाजमोल, ट्रेट्रामाटस ५ सय ६९ पिस, ट्रमाटस १७ पिस र स्पास्मोप्रोक्सिवन क्याप्सुल १४ पिस बरामद भएको प्रहरीले जनाएको छ ।