चार पटक भूकम्प जाँदा जनजीवन त्रसित

 असोज १९, २०७५ शुक्रबार १८:३:४७ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेखमा आज दिउँसो लगातार चार पटक भूकम्प जाँदा जनजीवन त्रसित बनेको छ ।

क्षेत्रीय भूकम्प मापन केन्द्र सुर्खेतको क्रिष्टल देउराली अभिलेखमा बिहान ११ बजेर ४४ मिनेटमा पहिलो ३ दशमलव ६ रेक्टर, दोश्रो १२ बजेर ५३ मिनेटमा ४ रेक्टरको भूकम्प गएको देखिएको छ । सिस्मोलोजिस्ट दीपक बस्नेतका अनुसार दोश्रो भूकम्प चाहिँ दिनभरमा सबैभन्दा ठूलो हो । तेश्रो चाहिँ दिउँसो १ बजे ३ दशमलव ५ रेक्टर र चौथो चाहिँ अपरान्ह ३ बजेर ४८ मिनेटमा ३ दशमलव ७ रेक्टरको गएको थियो । 

भूकम्पका हरेक कम्पनहरु क्रिष्टल देउरालीले अभिलेखमा देखिने भए पनि ४ रेक्टर माथिको कम्पनले क्षति पु¥याउने भएकोले भूकम्प मापन केन्द्रले ४ रेक्टरभन्दा बढीको मात्र आफ्नो वेभसाइटमा अपडेट गरेको छ । 

भूकम्पले कुनै क्षति भएको जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले बताउनुभयो । दिउँसो पटक पटक भूकम्प गएकोले भूकम्पको केन्द्र भवानीका स्थानीयबासिन्दा त्रसित भएको नारायण नगरपालिका वडा नं. १० का वडाध्यक्ष लोकबहादुर थापाले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया